बीआरआई अन्तर्गतका योजना अनुदानस्वरुप अघि बढाउन चीन सकारात्मकः परराष्ट्रमन्त्री राणा

Saturday November 30, 2024

पढ्न लाग्ने समय :


परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका योजनाहरु अनुदान स्वरुप अघि बढाउन चीन सकारात्मक रहेको बताउनुभएको छ । चीन भ्रमण सकेर स्वदेश फर्किनुभएकी परराष्ट्रमन्त्री राणाले आफूले चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीसँग गरेको कुराकानीमा बीआरआई प्रोजेक्टअन्तर्गतका योजनाहरु अनुदानका रुपमा अघि बढाउन चीन सकारात्मक रहेको बताउनुभएको हो । देश भित्रको परिस्थितिका कारण नेपालले ऋण लिनसक्ने अवस्था नभएको चिनियाँ पक्षलाई स्पस्ट पारेको पनि परराष्ट्रमन्त्री देउवाले जानकारी  दिनुभयो । उहाँले भ्रमणमा दुई देशको परास्परिक सम्बन्धलाई मजबुत बनाउने, भइरहेको कामहरु कसरी निरन्तरता दिने बारेमा छलफल भएको बताउनु भयो ।

उहाँले व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल, आर्थिक, सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ दुई देशको सम्बन्ध अघि बढाउने बारेमा छलफल गरेको बताउनु भयो । देशभित्रको परिस्थितिका कारण नेपाल ऋण लिनसक्ने परिस्थितिमा नरहेको कुरा राखेको बताउनु भयो । सो बारेमा चीन सरकारले आफूहरु आन्तरिक सल्लाह गर्ने र निर्णय लिने एवं नेपाललाई पनि आन्तरिक सल्लाह गरेर प्राथमिकताका साथ एजेण्डाहरु ल्याउन आग्रह गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘दुई देशको परास्परिक सम्बन्धलाई कसरी अघि बढाउने, भइरहेको कामहरु कसरी निरन्तरता दिने भन्नेमा धेरै जसो छलफल भयो । यसमा व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल, आर्थिक, सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ हाम्रो सम्बन्ध केन्द्रित हुनुपर्छ भन्ने हाम्रो धारणा राखियो । नेपालको स्वाधिनतालाई सहयोग गर्ने, स्वतन्त्रतामाथि सहयोग गर्नेकुरा राख्नुभयो । हामीले पनि एक चीन नीतिमा सहयोग गर्ने प्रतिवद्धता जनायौँ । ट्रान्स हिमालयन मल्टी डाइमेस्नल कनेक्टीभिटी नेटवर्क रहेको छ नेपालको बारेमा धेरे परामर्श भयो । यसलाई अगाडि बढाउने कुरा चल्यो । विभिन्न आयामहरुमा विगतका प्रधानमन्त्रीज्यु, परराष्ट्रमन्त्रीज्युहरुको भ्रमणमा भएका प्रोजेक्टहरुको बारेमा रिन्यु गर्नुपर्छ भन्यौँ । उहाँहरुले यसलाई पोजिटिभ्ली नै लिनुभयो । तपाईंहरुले पन इन्टरनल होमवर्क गरेर आउनुस्, हामी पनि इन्टरनल होमवर्क गर्छौं कुनकुनमा सहयोग गर्ने हामी पनि छलफल गर्छौं भन्नुभयो । नेपालको तर्फबाट अहिले हामीले लोन लिनसक्ने अवस्थामा छैनौँ, हामी एकदमै ग्राण्ड तपाईंहरुबाट प्राप्त हुने आशामा छाँै भन्नेकुरा राख्यौँ । देशभित्रको परिस्थितिका कारण लोन लिनसक्ने परिस्थिति छैन भन्नेकुरा उहाँलाई स्पष्ट राखेँ । उहाँले यो कुरा राम्रोसँग सुनिदिनु भयो । अब आउने भ्रमणमा अझ कुराहरु अघि बढ्छ ।’

परराष्ट्रमन्त्री डा. राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा धेरै विषयहरु अघि बढ्ने अपेक्षा गर्नुभयो ।


भर्खर

कैलालीको लम्कीमा बन्द महेन्द्र राजमार्ग खुल्यो

धनगढीः कैलालीको लम्की क्षेत्रमा हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको घटनापछि स्थानीयले

‘धनगढी दौडीन्छ’ हाफ म्याराथन बैशाख १८ मा हुने

धनगढीः धनगढी जेसिजद्वारा हरेक वर्ष आयोजना गरिँदै आएको ‘धनगढी दौडीन्छ’ कार्यक्रमको मिति यस वर्ष परिवर्तन

कैलालीको कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनीः कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया स्थित कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी