बिआरआईअन्तर्गत ऋण लिनै हुँदैन भन्नु थोत्रो अवधारणाः झलनाथ खनाल

Wednesday January 1, 2025

पढ्न लाग्ने समय :


पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बेल्ट एण्ड रोड एनिसिएटिभ (बिआरआई) परियोजनाअन्तर्गत ऋण लिनै हुँदैन भन्नु थोत्रो अवधारणा भएको टिप्पणी गर्नुभएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआई फ्रेमवर्क एग्रिमेण्ट गर्नुभएको भन्दै अब बिआरआई परियोजनाअन्तर्गत नयाँ योजनाहरु ल्याउन सकिने सम्भावनाहरु रहेको बताउनु भयो ।

उहाँले अझै गहन छलफल गरेर बौद्धिक व्यक्तिका सुझाव लिएर देशको हितमा योजनाका प्रश्तावहरु चीनसँग लैजानुपर्ने बताउनु भयो । उहाँले ऋण लिनै हुँदैन, अनुदान मात्रै लिनुपर्छ भन्नु थोत्रो र चिन्तन गर्न नस्क्ने, भिजन क्रिएट गर्न नसक्ने अवधारणा रहेको बताउनु भयो । यस्तो अवधारणा ल्याउनु देशको राष्ट्रिय आवश्यकतालाई बुझ्न नसक्ने मानिसहरुको कुरा मात्रै भएको बताउनु भयो । देशको आवश्यकताअनुसार आफ्ना परियोजनाहरु बनाएर अघि बढ्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले बीआरआई फ्रेमवर्क एग्रिमेण्ट भएको छ । यसपछि हामीले अरु नयाँ योजनाहरु ल्याउन सकिने सम्भवानहरु छन् । ति सम्भावनाहरु जो छन्, तिनालई अझै कम्पिटली केलाएर नेपाल सरकारले हाम्रो देशका बौद्धिक शक्तिको सुझाव लिएर यो देशको हित कसरी हुनसक्छ ? त्यो राष्ट्रिय हितलाई सर्वोपरी राखेर त्यस्ता योजनाहरुको प्रश्तावहरु लगियो भने त्यसले हामीलाई फाइदा पु¥याउनसक्छ । यो लोन लिनै हुँदैन, ग्राण्ड मात्रै लिनुपर्छ भन्नेखालका जुन अवधारणाहरु हुन्, यि अवधारणा भनेका आफैँमा थोत्रा अवधारणा हुन् । यो चिन्तन गर्न नसक्ने, भिजन क्रिएट गर्न नसक्ने, विषयवस्तुलाई बेनिफिट गरेर बुझ्न नसक्ने र आफ्नै देशको राष्ट्रिय आवश्यकतालाई बुझ्न नसक्ने मानिसहरुका कुरा मात्रै हुन् । हामीले देशको आवश्यकता के हो ? त्यसअनुसार आफ्ना परियोजनाहरु बनाएर अघि बढ्न सक्नुपर्छ । त्यसो गर्नसके मात्रै बिआरआईबाट हुनसक्ने फाइदाहरु लिनसक्छौँ ।’

सम्मानित नेता खनालले नेपालमा बिआईआई परियोजनाका बारेमा भ्रमहरु फैल्याइएको बताउनु भयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जरुरी नरहेको बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।