बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन

Monday May 6, 2024

पढ्न लाग्ने समय :


कलैया । बारामा यसवर्ष दस हजार मेट्रिकटन दलहन उत्पादन भएकाे छ ।

कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले यसवर्ष किसानले विभिन्न प्रकारका दलहन खेतीगरी १० अर्ब बराबरको कूल १० हजार ३ सय ५ मेट्रिकटन दलहन उत्पादन गरेका जानकारी दिए ।

उत्पादित दलहनको प्रतिक्विन्टल १० हजारको दरले बिक्रिवितरण भइरहेको र यसवर्ष यहाँका किसानले १० अर्ब ३० करोड ५० लाखभन्दा बढी आम्दानी गरेका उनले बताएस् ।

जिल्लमा मसुरो, रहर कुल ११ हजार ४ सय ५० हक्टरक्षेत्रफलमा खेती गरिएकामा १० हजार ३ सय ५ मेट्रिकटन उत्पादन भएको कृषिप्रचार अधिकृत रामजीवन ठाकुरले जानकारी दिए । गतवर्ष भने ११ हजार ६ सय ५० हेक्टर क्षेत्रफलमा खेती गरिएकामा ११ हजार ६९ मेट्रिकटन दलहन उत्पादन भएको ज्ञानकेन्द्रले जनाएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।