बाजुरामा लालबहादुर थापा मातृशोकका बिच चुनावी मैदानमा

Sunday February 15, 2026

पढ्न लाग्ने समय :


बाजुरा : बाजुरामा लालबहादुर थापा मातृशोकका बिच चुनावी मैदानमा रहेका छन्। फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले एक मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा केन्द्रीय सदस्य लालबहादुर थापालाई उम्मेदवार बनाएको थियो। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी थापा यसपटक फेरि बाजुराको प्रत्यक्ष चुनावी मैदानमा छन्।

चुनावी मैदानमै रहेका बेला थापाले मातृशोक पनि बेहोर्नुपरेको छ। उनकी आमा कलसी थापाको माघ २५ गते ८९ वर्षको उमेरमा निधन भएको हो। चुनावी चटारो चलिरहेका बेला आमाको निधनले थापाको आँगनमा शोकको वातावरण छ। उनी सामाजिक संस्कारको कर्तव्य पूरा गर्दै चुनावी प्रचारका काम गरिरहेका छन्। आमाकै प्रेरणाले समाज सेवामा लागेकाले शोकमा पनि चुनावी अभियानमा जुटेको थापा बताउँछन्। ‘आमाले सधैँ जनताको सेवा गर्न सिकाउनुभयो, त्यसैले उहाँकै प्रेरणाले म अभियानमा फर्किएँ,’ थापाले गाउँमा भएको एक चुनावी कार्यक्रममा भने। थापाले आफ्नी आमा अनुशासन र इमानलाई सर्वोपरि ठान्ने महिला रहेको बताएका छन। उनी नेपाली काँग्रेसका उम्मेदवार जनकराज गिरिसँगै मुख्य दाबेदारमध्ये पर्छन्।

बाजुरा भौगोलिक विकटताको पर्यायका रूपमा चिनिने जिल्ला हो। यहाँ उम्मेदवारहरूले सडक, स्वास्थ्य सेवा, शिक्षा र रोजगारीका सवाल नै मुख्य चुनावी एजेन्डा बनाएका छन्।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।