बाजुरामा चट्याङले ३९ भेडाबाख्रा मरे

Thursday April 30, 2026

पढ्न लाग्ने समय :


बाजुरा : बाजुरामा चट्याङ लागेर ३९ भेडाबाख्रा मरेका छन् भने ४९ बेपत्ता भएका छन्। जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका–१ का सज्जन कडाराका ११ र जसबिर रावलका २८ गरी ३९ वटा भेडाबाख्रा मरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीका अनुसार बिहीबार दिउँसो रानीसैन वन क्षेत्रमा पानी परिरहेको बेला ओडारमा ओत लागेका भेडाबाख्रामाथि एक्कासि चट्याङ पर्दा उक्त क्षति भएको हो। उनले भने, “चट्याङका कारण सज्जन कडाराका २५ र जसबिर रावलका २४ भेडाबाख्रा बेपत्ता भएका छन्।”
वैशाख महिनामा परेको अविरल वर्षासँगै आएको चट्याङ र पहिरोका कारण मानवीय क्षति नभए पनि पशुचौपायामा ठुलो क्षति भएको सूचना अधिकारी शाहीले बताए।
यसैबिच, वैशाख १५ गते आएको वर्षाका कारण जगन्नाथ गाउँपालिका–२, माथिल्लो हुनीका चैनबहादुर विष्टका ५४ मध्ये दुई भेडाबाख्रा मरेका र नौ बेपत्ता भएका छन्। सोही गाउँका अमृत ल्वारका ५६ मध्ये तीन मरेका र १४ बेपत्ता भएका छन्।
त्यस्तै, राजबहादुर विष्टका ४० मध्ये पाँच मरेका र १० अझै बेपत्ता छन् भने ऐनबहादुर विष्टका ९५ मध्ये तीन मरेका र पाँच बेपत्ता रहेको प्रहरीले जनाएको छ। यसअघि पनि १६ भेडाबाख्रा मरेका र ३८ बेपत्ता भएका थिए।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।