बाजुराको बुढीनन्दामा भोट भाषामा पढाइ सुरु

Thursday February 12, 2026

पढ्न लाग्ने समय :


बाजुरा : बाजुराको बुढीनन्दा नगरपालिका–९, डप्कमा रहेको सिद्धेश्वरी अनाथ विपन्न तथा दलित जनजाति आवासीय विद्यालयले भोट भाषामा पढाइ सुरु गरेको छ।

सिद्धेश्वरीमा प्राय भोटे समुदायका बालबालिकाहरू पठनपाठन गर्ने गर्छन्। विद्यालयले उनीहरूलाई त्यही आवासमा राखेर पढाउने गरेको छ। पछिल्लो समय भोटभाषा लोप हुँदै गएको भन्दै विद्यालयले त्यसलाई जगेर्ना गर्ने गरी यतिबेला भोटभाषाको पढाइ सुरु गरेको विद्यालयले जनाएको छ।

यहाँका सरकारी काम काजमा प्राय राष्ट्रिय भाषा बोल्ने गरेको भए पनि अघिपछि उनीहरूले भोटभाषामा नै बोलचाल गर्ने गर्छन्। भोटभाषा पढाउनका लागि विद्यालयले एक जना भोटभाषा अध्यन गरेको शिक्षक राखेर भोटभाषाको पढाइ गर्ने गरेको हो।

२०७९ सालदेखि यो विद्यालयले भोटभाषाको पढाइ सुरु गरेको हो। अहिले विद्यालयले कक्षा दुईसम्म भोट भाषाको किताब ल्याएर पढाइ गर्दै आएको छ। विद्यालयले यो भाषालाई अतिरिक्त क्रियाकपालमको रूपमा पढाउने गरेको छ।


भर्खर

कैलालीको गोदावरी आर्यघाटमा सरसफाइ

धनगढी : कैलालीको गोदावरी आर्यघाटमा सरसफाइ गरिएको छ। युवाको नेतृत्व विकास र समाजमा सकारात्मक सन्देश

कञ्चनपुरका दीपक १८ वर्षपछि परिवारको सम्पर्कमा

कञ्चनपुरः सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा

भारतबाट चोरी गरिएका हिरा र सुन कञ्चनपुरबाट बरामद

कञ्चनपुरः भारतबाट चोरी गरिएको हिरा, सुनसहितको बहुमूल्य सामाग्री कञ्चनपुरबाट बरामद गरिएको छ। भारतको नयाँ दिल्लीबाट