बल्खु तरकारी बजारमा खाद्यको विषादी परीक्षण, २० प्रतिशत विषादी

Wednesday January 29, 2025

पढ्न लाग्ने समय :


खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘वेल इक्युप्ड मोबाइल फुड ल्याब भ्यान’मार्फत बल्खु तरकारी बजारमा विषादी परीक्षण गरेको छ । विभागको दक्ष जनशक्तिमार्फत ९ प्रकारका तरकारी नमूना लिएर विषादी परीक्षण गरेको हो । परीक्षणका क्रममा अधिकांश तरकारी खानयोग्य भेटिएको विभागले जनाएको छ । विभागका विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले बल्खु तरकारी बजारका ९ प्रकारका तरकारी नमूनाहरुको परीक्षणमा २० प्रतिशतसम्म विषादी भेटिएको बताउनु भयो । उहाँले उक्त परीक्षणको नतिजा ठिक रहेको बताउनु भयो । उहाँले  परीक्षण गरिएको सबै तरकारी खान मिल्ने  रहेको बताउनु भयो । उहाँले न्युनतम २ प्रतिशतदेखि अधिकत्तम २७ प्रतिशतसम्म ‘इन्जाईम इन्हिभिसन’ पाइएको बताउनु भयो । उहाँले इन्जाईम इन्हिभिसन ३५ प्रतिशत भन्दा कम भएकालाई खान योग्य मानिन्छ । उहाँले ३५ देखि ४५ प्रतिशत इन्जाईम इन्हिभिसन भएकोलाई क्वारेन्टाइन होल्ड गरी पुनः परीक्षण गर्ने र ४५ प्रतिशतभन्दा बढी आए अस्वीकृत गरी नष्ट गरिने प्रावधान रहेको बताउनु भयो । उहाँले बल्खु तरकारी बजारमा विभिन्न २० जिल्ला काठमाडौं,भक्तपुर,ललितपुर,काभ्रेपलान्चोक,नुवाकोट,रामेछाप,सर्लाही,धनुषा लगायतबाट आएका तरकारीहरुको नमूना संकलन गरेर परीक्षण गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न जिल्लाबाट काठमाडौंमा भित्रने तरकारीको गुणस्तर,विषादीजन्य वस्तुको अवस्थाका विषयमा नमूना संकलन र परीक्षणको लागि मोबाइल भ्यानसहित प्रयोगशालामा रहेका दक्ष जनशक्तिसहित तरकारी बजारमा परीक्षणको लागि आएका छौं । गत हप्ता कालिमाटी तरकारी बजार तथा फलफूल बजार विकास समितिमा विभिन्न जिल्लाबाट भित्रने तरकारीहरु नमूना संकलन गर्न राति १० देखि ६ बजेसम्म संकलन गरेर परीक्षण गरेका थियौं । त्यहाँ विषादीजन्य वस्तुहरु धेरै मात्रामा पायौं । आज बल्खुमा अनुगमन गरौं । बल्खुमा कालिमाटीबाट तरकारी आउने रहेछ । कालिमाटीबाट आएका तरकारीको बल्खुबाट नमूना संकलन गरेर परीक्षण गरेका छौं । २० जिल्लाहरु काठमाडौं,भक्तपुर,ललितपुर,काभ्रे,नुवाकोट,रामेछाप,सर्लाही,धनुषा लगायतबाट आएका तरकारीहरुको नमूना संकलन गरेर परीक्षण गरेका छौं । नेपाल सरकारको मापदण्डअनुसार विषादीको अवशेष ३५ देखि ४५ प्रतिशत भेटियो भने होल्ड गर्छौं । त्यो भन्दा बढी भयो भने फाल्नुपर्छ । आज बल्खुमा परीक्षण गर्दा ९ वटा नमूनाको परीक्षण गर्दा बढीमा २० प्रतिशत मात्रै पाएका छौँ । यो रायोको सागमा भेटिएको छ । यो ठिक छ । विषादीजन्य तरकारीको प्रयोगले क्यान्सर जस्ता रोगहरु लाग्ने गर्छ । उपभोक्ताहरुले विषादीबाट बच्नको लागि तरकारी किनेर तीन दिनसम्म होल्ड गर्नुपर्छ ।तातोपानीमा नुन राखेर तरकारी डुबाएर मात्रै खान योग्य हुन्छ ।’

उहाँले मोबाइल फुड ल्याब भ्यानबाट विभागले उपत्यकाका सबै तरकारी बजारमा जीवनाशक विषादीको परीक्षण गर्ने अभियान चलाइरहेको बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।