बलियो राजनीतिक दलले मात्रै देश बनाउन सक्छः महासचिव पोखरेल

Thursday January 9, 2025

पढ्न लाग्ने समय :


नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलिया राजनीतिक दलहरुले मात्रै देश बनाउनसक्ने बताउनुभएको छ ।बिहीवार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा स्ववियु निर्वाचनका सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशालामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश साना राजनीतिक दलहरु नभइ बलिया राजनीतिक दलहरुले मात्रै बनाउनसक्ने भएकाले सोहीअनुरुप जनमतलाई धु्रविकृत गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले मुलुकमा विकासको नेतृत्व गर्ने पार्टी नेकपा एमाले भएको बताउनु भयो । देशको कुनैपनि विकासका सन्दर्भमा भिजनरी लिडरसिप, स्ट्रङ पोल्टिकल पार्टी, पोल्टिकल स्टाब्लिटी जरुरी रहेको र त्यो नेकपा एमालेसँग मात्रै रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो मुलुकमा विकासको नेतृत्व गर्ने पार्टी नेकपा एमाले हो । कुनैपनि देशको विकासका सन्दर्भका बारेमा एक प्रकारले भन्दा तीन वटा मान्यताहरु राष्ट्र निर्माणका सन्दर्भमा अपरिहार्य हुन्छ । भिजनरी लिडरसिप, स्ट्रङ पोल्टिकल पार्टी, पोल्टिकल स्टाब्लिटी । दृष्टिकोणयुक्त नेतृत्वको प्रश्नमा नेकपा एमालेसँग कसैले प्रतिष्पर्धा गर्न सक्दैन । नेकपा एमाले जस्तो बलियो पार्टी अरु कसैको छैन । यो पार्टीले मुलुकमा राजनीतिक स्थायित्व दिन सकेन भने अरु कुन पार्टीले दिनसक्छ ? त्यसअर्थमा मुलुकलाई राजनीतिक स्थायित्व चाहिएको छ । त्यो राजनीतिक स्थायित्व कसैले दिनसक्छ भने त्यो नेकपा एमाले पार्टीले मात्रै दिनसक्छ । देश बनाउने हो भने सानातिना पार्टीमा अल्मलिने होइन, बलिया पार्टीतर्फ जनमतलाई धु्रविकृत गर्न जरुरी छ ।’

महासचिव पोखरेलले स्ववियु चुनावबाट देशभक्तिका पक्षमा, विकास र समृद्धि, सामाजिक न्यायका पक्षमा उभिने युवाहरुलाई अनेरास्ववियुको झण्डामुनि उभ्याउने कामको नेतृत्व गर्नुपर्ने बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।