बलात्कार अभियोगमा बौद्धबाट पक्राउ परेका तीनजना जेल चलान

Monday July 11, 2022

पढ्न लाग्ने समय :


काठमाडौं । काठमाडौँको बौद्धबाट करणी मुद्दामा पक्राउ परेका तीनैजना जेल चलान भएका छन् । काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित लुङता गेष्ट हाउसमा गत जेठ २९ गते २४ वर्षीया एक महिलालाई करणी गर्ने सिन्धुपाल्चोक मेलम्चीका २२ वर्षीय रिन्जेन शेर्पा भन्ने रिन्जेन दावा लामा, सर्लाही बागमती नगरपालिकाका ३४ वर्षीय उत्तम लामा भन्ने उत्तरमान मुक्तान र काठमाडौँ बौद्धका रितेश तामाङलाई सोमबार जेल चलान गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँको आदेशअनुसार पक्राउ परेका उनीहरुलाई पुर्पक्षका लागि जेल चलान गरिएको जानकारी दिए । पक्राउ परेको गेष्ट हाउस सञ्चालक झ्याम्पा ढिल्ले शेर्पालाई भने १० लाख धरौटीमा छोडिएको प्रहरीले जनाएको छ ।


भर्खर

तीन वटा थप अध्यादेश जारी

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार एकसाथ तीन वटा अध्यादेश जारी गरेका छन। नेपाल सरकार

बैतडीको पञ्चेश्वरका सुकुम्बासीलाई लालपूर्जा वितरणको तयारी

बैतडी :  बैतडीको पञ्चेश्वर गाउँपालिकामा भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने तयारी अघि बढाइएको छ ।

धनगढीमा गाँजासहित पाँच जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर