बझाङमा जिप दुर्घटना 

Saturday July 11, 2026

पढ्न लाग्ने समय :


धनगढी : बझाङको केदारस्यूँ गाउँपालिका–७, सुङगरेमा शनिबार दिउँसो जिप दुर्घटना भएकाे छ। बोलेरो जिप दुर्घटनामा कम्तीमा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले दुर्घटना निकै गम्भीर रहेको र थप हताहती हुन सक्ने आशंका व्यक्त गरेका छन्। यद्यपि, भौगोलिक विकटताका कारण घटनाको आधिकारिक विवरण आउन बाँकी रहेको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराका अनुसार जिप दुर्घटनाको खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। तर घटनास्थल दुर्गम क्षेत्रमा रहेका कारण विस्तृत विवरण अझै प्राप्त हुन सकेको छैन।

प्रारम्भिक जानकारीअनुसार जिपमा १५ देखि १६ जना सवार रहेको अनुमान गरिएको छ। यद्यपि यात्रुको यकिन संख्या र घाइते तथा मृतकको आधिकारिक विवरण भने पुष्टि हुन बाँकी छ।

गाउँपालिका अध्यक्ष बोहराका अनुसार जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ। दुर्घटनापछि स्थानीयवासी घाइतेको उद्धारमा जुटेका छन् भने गम्भीर घाइतेको उद्धारका लागि हेलिकोप्टर परिचालन गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको उनले जानकारी दिए।

प्रहरीले घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।

 


भर्खर

सामाजिक सञ्जालमा धार्मिक आस्थामा असर पर्ने सामग्री पोस्ट गर्ने युवक पक्राउ

सुर्खेत — सामाजिक सञ्जालमार्फत आम नागरिकमा भ्रम फैलाउने तथा धार्मिक आस्थाप्रति असर पर्ने खालका भिडियो र

कैलाली घर भएका सशस्त्र प्रहरीका हवल्दार ब्यारेकमै मृत भेटिए

बाँकेको नरैनापुर–४ स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, ब्यारेकमा एक हवल्दार मृत भेटिएका छन्

सुनसरी तनावबारे प्रचण्डको चिन्ता : सरकार साझा समाधानतर्फ अग्रसर हुन नसकेको आरोप

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखिएका संवेदनशील समस्याको साझा समाधान खोज्न सरकारppra अग्रसर हुन