बझाङमा नक्कली चुरोटसहित दुई जना पक्राउ 

Sunday May 3, 2026

पढ्न लाग्ने समय :


बझाङ :  जयपृथ्वी नगरपालिका–१० जिपपार्क क्षेत्रमा प्रहरीले नक्कली चुरोटसहित दुई जनालाई पक्राउ गरेको छ। शनिबार साँझ जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा उक्त सफलता हासिल गरेको हो।

प्रहरीका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ बस्ने ३२ वर्षीय पंकज चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ००१ क २५५२ नम्बरको मिनी ट्रकमा शंका लागेपछि जाँच गरिएको थियो। जाँचका क्रममा ट्रकभित्र ९ पेटी १० डण्डा नक्कली ‘खुकुरी’ चुरोट फेला परेको प्रहरीले जनाएको छ।

उक्त घटनामा ट्रक चालक चौधरीसहित बैतडीको पाटन नगरपालिका–२ बस्ने २१ वर्षीय हेमराज पाण्डेयलाई पनि पक्राउ गरिएको छ। प्रहरीले ट्रक, बरामद चुरोट तथा दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।


भर्खर

मुद्दा फर्छ्यौटमा देशमै उत्कृष्ट बनेका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको बिदाइ

कञ्चनपुर जिल्ला अदालतमा कार्यरत रहँदा मुद्दा फर्छ्यौटमा देशभरकै उत्कृष्ट प्रदर्शन गरेका तत्कालीन जिल्ला न्यायाधीश राजेन्द्रसिंह

देशभर वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम बढ्न सक्ने

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल

भारतबाट साइकलमा युरिया मल ल्याउँदै गरेका तीन नेपाली महिला भारतमै नियन्त्रणमा

भारतबाट नेपालतर्फ साइकलमा युरिया मल ल्याइरहेका तीन जना नेपाली महिलालाई भारतीय सशस्त्र सीमा बल (एसएसबी)