बझाङको खप्तडछान्नाका पूर्व अध्यक्षसहित ६ जनालाई कैद सजाय

Monday January 5, 2026

पढ्न लाग्ने समय :


धनगढी : सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालत काठमाण्डौले बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकायासहित ६ जनालाई कैद तथा जरिबाना तोकेको छ।

विशेष अदालतले गाउँपालिकाका तत्कालीन अध्यक्ष रोकाया, वडा नम्बर ४ का तत्कालीन वडाध्यक्ष भिमबहादुर रोकाया, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार रावल, इन्जिनियर सुरेन्द्रबहादुर खाती, असिस्टेन्ट सब–इन्जिनियर जनक थापा मगर तथा उपभोक्ता समितिका अध्यक्ष शमशेर रोकायालाई कैद तथा जरिबाना तोकेको छ।

विशेष अदालतले उनीहरू छ जनालाई जनही ६ महिना कैद र २५ हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको छ। उनिहरू विरुद्ध आर्थिक वर्ष २०७६÷७७ मा गाउँपालिकाबाट वडा नम्बर ४ स्थित सिम्लका घट्ट सिँचाइ कुलो निर्माणमा भ्रष्टाचार गरेको अभियोग रहेको थियो।

सो सिचाई कुलो निर्माणमा १४ लाख ८ हजार रुपैयाँ बजेट रहेकोमा काम नै नगरी भुक्तानी लिएको आरोप रहेको थियो।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।