फोहोर व्यवस्थापनका लागि आफैंबाट सुरु गरौं
पढ्न लाग्ने समय :
काठमाडौं । काठमाडौंको बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराईले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि घरबाटै नागरिकले सुरुवात गर्नुपर्ने बताएका छन् ।
न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गदै भट्टराईले जिम्मेवार नागरिकले फोहोर व्यवस्थापनका लागि आफैंबाट सुरु गर्नुपर्ने बताएका हुन् । उनले कुहिने फोहोरबाट मल बनाउन र बनाएको मल बिक्री नभए आफूहरुले किनिदिने बताए ।