फुटबलमा नेपालको पहिलो बायोपिक चलचित्र बन्दा खुशी छुः कप्तान चेम्जोङ

Wednesday December 4, 2024

पढ्न लाग्ने समय :


नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले फुटबलमा नेपालको पहिलो बायोपिक चलचित्र बन्दा खुशी लागेको बताउनुभएको छ । बुधवार काठमाडौंमा चलचित्र अञ्जिलाको बारेमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै कप्तान चेम्जोङले फुटबलको क्षेत्रमा नेपालको पहिलो बायोपिक चलचित्र बन्दा खुशी लागेको बताउनुभएको हो । उहाँले अञ्जिला चलचित्र १ सय करोडमा कमाउने क्लवमा दर्ता हुनेमा विश्वस्त रहेको बताउनु भयो । चलचित्र अञ्जिलाको निर्माण टिमले आज काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गरेको थियो । जसमा नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान चेम्जोङ, महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एञ्जिला तुम्बाहाम्फो, प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका सांसद सुहाङ नेम्वाङ रहनुभएको थियो ।

चलचित्र नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बाहाम्फोको जीवनीमा केन्द्रित छ । कार्यक्रममा बोल्दै कप्तान एञ्जिलाले पहिलो पटक युरोपमा खेल्न जाने मौका मिलेको भन्दै खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै नेकपा एमाले सांसद सुहाङ नेम्वाङले एञ्जिलाको जीवनीबाट सपनाको कुनैपनि सीमाना नहुने कुरा प्रमाणित हुने बताउनु भयो । खेलकुदको जगतमा खेलेर नै जीवन बनाउन सकिन्छ भन्नेकुरा प्रमाणित भएको बताउनु भयो । निर्देशक मिलन चाम्सले चलचित्र निकै रोचक रहेको बताउनु भयो । एञ्जिलाको संघर्ष र सफलताको कुराहरु कथामा समेटिएको र कथाले अन्य खेलाडीहरुलाई प्रेरणा मिल्ने बताउनु भयो ।

निर्देशक चाम्सले चलचित्र हेर्न जान सबै दर्शकहरुसँग आग्रह गर्नुभयो । चलचित्र अञ्जिला माघ ११ गतेबाट देशभर प्रदर्शन हुँदैछ । चलचित्रमा एञ्जिला स्वयंको मुख्य भुमिका रहेको छ भने दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का लगायतको पनि अभिनय छ ।


भर्खर

गुर्गी सिँचाइ आयोजना निर्माणको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडी गोरुगाडा प्रदर्शन गरिने

धनगढीः कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कास्थित कटैनी नदीमा आधारित गुर्गी सिँचाइ योजना क्षेत्रकै पुरानो र महत्वपूर्ण

बैतडीमा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

बैतडी : बैतडीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य

धनगढीमा मरेको कुकुर हेर्न गएका चौधरीको मृत्यु, एकै परिवारका चार जना पक्राउ

धनगढी : धनगढीमा छिमेकीको घरमा मरेको कुकुर हेर्न गएका एक व्यक्तिको मृत्यु भएको घटनामा प्रहरीले