फाप्ला क्रिकेट रङ्गशालादेखि २५ सय मिटरको धावन मार्गसम्म आलेका चुनावी प्रतिबद्धता

Saturday February 14, 2026

पढ्न लाग्ने समय :


धनगढी : प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रेम बहादुर आले मगरले २० बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनले पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, उद्योग तथा सामाजिक सुरक्षामा सुधारका कार्यक्रम अघि सारेका हुन।

लामो समयदेखि चर्चामा रहेको धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माण गरी युवालाई खेलकुदमार्फत जोड्ने प्रतिबद्धता उनले जनाएका छन्। त्यस्तै, गेटामा रहेको धनगढी विमानस्थलको धावनमार्ग विस्तार गरी २५ सय मिटर पु¥याएर ठूला जहाज अवतरणयोग्य बनाउने र सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवासँग जोड्ने योजना उनले अघि सारेका छन्।

स्वास्थ्य क्षेत्रतर्फ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तर्गत तीन सयदेखि छ सय शैय्याको अस्पताल सञ्चालन गरी एमबीबीएस अध्ययन–अध्यापन सुरु गर्ने, सेती प्रादेशिक अस्पताललाई विशिष्टीकृत सेवा दिर्ने र छुट्टै वार्ड स्थापना गर्ने उल्लेख छ।

पूर्वाधार विकासमा धनगढी–खुटिाया–दीपायल–चैनपुर हुँदै चीनसँग जोड्ने सडक, मोहन, खुटिया, घुर्सी, घुराहा लगायत नदीमा तटबन्ध निर्माण र डुबान समस्या समाधान, ग्रामीण सडक स्तरोन्नति तथा विभिन्न स्थानमा पक्की पुल निर्माण गर्ने प्रतिबद्धता गरिएको छ। धनगढी उपमहानगरपालिका–३ मा प्रादेशिक बसपार्क निर्माणलाई कार्यान्वयन चरणमा लैजाने योजना पनि आलेले समेटिएको छ।

लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि पुनस्र्थापना, सचेतना र रोजगारी कार्यक्रम सञ्चालन गर्ने तथा नेपाल–भारत खुला सीमामा कडाइ गर्ने उल्लेख गरिएको छ। शिक्षा क्षेत्रमा प्राविधिक तथा सीपमूलक तालिम केन्द्र स्थापना गरी युवालाई स्वरोजगार उन्मुख बनाउने कार्यक्रम अघि सारिएको छ।

कृषि क्षेत्र आधुनिकीकरण, सिँचाइ व्यवस्थापन र मल–बिउको सहज उपलब्धता सुनिश्चित गर्ने, भूमिहीन, सुकुम्वासी, मुक्तकमैया र लोपोन्मुख समुदायलाई लालपुर्जा, सुरक्षित आवास र आधारभूत सेवाको पहुँच विस्तार गर्ने योजना पनि सार्वजनिक गरिएको छ। महिलालाई राजनीति, प्रशासन र व्यवसायमा अग्रसर गराउने तथा दलित, महिला, अपांगता भएका व्यक्ति, अल्पसंख्यक र सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ।

स्थानीय भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणका लागि सांस्कृतिक सङ्ग्रहालय स्थापना, साना तथा मझौला उद्योग प्रवर्धन र स्थानीय उत्पादनको बजारीकरण, वृद्धाश्रम तथा अपाङ्गता सेवा केन्द्रलाई राज्यबाट अनुदान सहयोग, शैक्षिक संस्थाको गुणस्तर सुधार तथा डिजिटल शिक्षामा लगानी बढाउने योजना पनि सार्वजनिक गरिएको छ।

यसैगरी, धनगढी बसपार्क क्षेत्रमा रहेको नेपाल आयल निगमको डिपो मानव बस्तीको सुरक्षाका कारण उच्च जोखिममा रहेको भन्दै सुरक्षित स्थानमा स्थानान्तरणका लागि पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरिएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।