फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी सम्पन्न, ३० हजारले गरे अवलोकन

Sunday January 19, 2025

पढ्न लाग्ने समय :


नेपाल वुड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी सोचे भन्दा राम्रो भएको आयोजकले बताएको छ । शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डमा शुरु भएको मेलामा उत्साहजक सहभागिता भएको आयोजकले बताएको हो । मिडिया स्पेस सोलुसन्स प्रा.लि. फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्ट्स प्रा.लि. र इटीएसआइपीएलको संयुक्त आयोजनामा भएको प्रदर्शनी सफल भएको छ । मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक र्सिजल भट्टराईले १० औँ संस्करणको नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी सोचे भन्दा राम्रो भएको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय कम्पनीहरुले पनि आगामी दिनमा पनि नेपालमा हुने प्रदर्शनीहरुमा सहभागिता जनाउन उत्साहित भएको बताउनु भयो । उहाँले प्रदर्शनीमा आउने अवलोकनकर्ताहरुले घर बनाउँदा मोडल डिजाइनको माग गरेको पाइएको बताउनु भयो। उहाँले उस्ता प्रदशर्नीलाई सातै प्रदेशमा लैजान तयार रहेको बताउनु भयो । उहाँले त्यसको लागि राज्यले आवश्यक सबै सहयोग आवश्यक रहेको बताउनु भयो ।  मेलामा ७० प्रतिशत अवलोकनकर्ताहरु काम र आवश्यकता भएकाले अवलोकन गरेको बताउनु भयो । उहाँले प्रदर्शनीमा लक्ष्य अनुसार ३० हजार अवलोकर्ताले प्रदशर्नी अवलोकन गरेको बताउनु भयो ।

नेपाल वन पैदावर उद्योग व्यवसायी महासंघका प्रथम उपाध्यक्ष राजकुमार मल्लले वुड फर्निचर व्यवसायीहरुको व्यापार व्यवसाय वृद्धि गर्न मेलाले महत्वपूर्ण भुमिका खलेको बताउनु भयो । उहाँले मेलाले व्यवसायलाई इनोभेसनमा लैजानुपर्ने आवश्यकता रहेको देखिएको बताउनु भयो।

इन्टेरियर डिजाइनर एसोसिएसन अफ नेपालका अध्यक्ष श्याम श्रेष्ठले मेलाले डिजाइनहरुलाई नयाँ प्रविधिको विषयमा जानकारी लिने अवसर मिलेको बताउनु भयो । उहाँले नयाँ प्रविधि र वस्तुहरुको प्रयोगमा सहज हुने अवस्था आएको बताउनु भयो । उहाँले यस्ता खालका मेला महोत्व आगामी दिनहरुमा पनि हुन आवश्यक रहेका बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।