प्राविधिक एसएलसी ध्वस्त पार्न किन लाग्यो चिकित्सा शिक्षा आयोग ?

Tuesday September 13, 2022

पढ्न लाग्ने समय :


काठमाडौं । प्राविधिक एसएलसी स्तरोन्नति संघर्ष समितिका संयोजक डा. जगत खड्काले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले प्राविधिक एसएलसीलाई ध्वस्त पारेको आरोप लगाएका छन् ।

न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै खड्काले आयोगले अनमि, सिएमए, अहेब जस्ता कार्यक्रम फेजआउट गरेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले फेजआउट गर्नुअघि एकपटक स्तरोन्नतिका लागि अवसर दिएकोमा १२२ वटा संस्थाले निवेदन दिएकोमा ६५ वटा मात्रलाई स्वीकृति दिएको बताए । उनले आयोगका उपाध्यक्ष गिरीले मेरा कर्मचारीले सम्पूर्ण शैक्षिक संस्थाको भिजिट गर्न नपाएकाले बाँकीलाई नदिने भनेर गैरजिम्मेवार जवाफ दिएको बताए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।