प्रहरी सहायक निरीक्षक पाध्या सम्मानित

Thursday April 23, 2026

पढ्न लाग्ने समय :


धनगढी :  प्रहरी सहायक निरीक्षक सुभाषकुमार पाध्या सम्मानित भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय, दोलखामा दरबन्दी रहेका उनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत रहेका छन्।

उनले ट्राफिक नियम उल्लङ्घन गर्ने बढी भन्दा बढी सवारी चालकहरूलाई कारबाहीको दायरामा ल्याएको भन्दै सम्मान गरिएको हो। उनलाई ‘वेस्ट ट्राफिक प्रहरी पुलिस अफ् दी मन्थ’ले सम्मान गरिएको बताइएको छ। चैत महिनको वेस्ट प्रहरीको सम्मान उनले पाएका हुन्।

विभागीय नीति निर्देशन तथा अडर आदेशको अक्षरसः पालना गर्दै आफूलाई खटाईएको स्थानमा सवारी आवागमनलाई सरल, सहज, सुरक्षित र भरपर्दो बनाउन आफूलाई तोकिएको जिम्मेवारी विवाद रहित तवरले पूरा गर्ने, उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सरल, सहज र सुरक्षित बनाउन भूमिका निर्वाह, सवारी दुर्घना न्यूनीकरण तथा नियन्त्रण, परिणाममुखी प्रहरी सेवा प्रदान, ट्राफिक सचेतना तथा सडक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गराउने कार्यमा महत्वपूर्ण भूमिका पाध्याले निर्वाह गरेका हुन्। गरिव, विपन्न र असहाय नागरिकहरूलाई आफूले सक्दो सहयोग गरी उदाहरणीय कार्यहरूसमेत उनले गरेका छन। जिम्मेवारी अनुशासित भई त्रुटि रहित ढंगबाट पारदर्शी रूपमा सम्पादन गरेकाले सम्मान गरिएको हो।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।