प्रधानाध्यापकलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा ८ जना पक्राउ

Tuesday May 19, 2026

पढ्न लाग्ने समय :


धनगढी : दार्चुलामा प्रधानाध्यापकलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

व्याँस गाउँपालिका–४ को सम्पाल माध्यमिक विद्यालय सुन्सेराका प्रधानाध्यापक बलदेव सिंह धामीले विद्यालयमै झुन्डिएर आत्महत्या गरेको घटनामा आठ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा महाकाली नगरपालिका–१ का ३२ वर्षीय विक्रम सिंह कुँवर, महाकाली नगरपालिका–२ का ५२ वर्षीय दलिदत्त भट्ट, महाकाली नगरपालिका–५ का ४२ वर्षीय खिमानन्द भट्ट, व्याँस गाउँपालिका–४ का ५७ वर्षीय परमानन्द भट्ट, ३९ वर्षीय पदमराज भट्ट, ४३ वर्षीय नरेन्द्र दत्त भट्ट, ५९ वर्षीय हरिदत्त भट्ट तथा बैतडी पाटन नगरपालिका–४ का ४० वर्षीय पुष्करराज भट्ट रहेका छन् ।

उनीहरूलाई आत्माहत्या दुरूत्साहन मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) ओमबहादुर रानाले बताए ।

उनकाअनुसार पक्राउ पर्नेमा सोही विद्यालयका शिक्षक, स्थानीय नेता र निर्माण व्यवसायी रहेका छन् ।

प्रधानाध्यापक धामीले सोमबार सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेख्दै विद्यालयमै आत्महत्या गरेका थिए ।

धामीले आफूलाई मर्न बाध्य बनाउनेहरू भन्दै सुसाइड नोटमा पोलेका व्यक्तिहरूलाई नै प्रहरी पक्राउ गरेको छ ।

 


भर्खर

कैलाली र कञ्चनपुरमा खैरो हेरोइनसहित ४ जना पक्राउ

कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ।

कैलालीमा महिलाको मृत्यु प्रकरण : पक्राउ परेका ७ जना धरौटीमा रिहा, भीसेरा रिपोर्ट पर्खाइमा

कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीकी ५२ वर्षीया जालिना देवी चौधरीको मृत्यु प्रकरणमा पक्राउ परेका सात जना

वैशाखदेखि साउन १७ सम्म देशभर ४ हजारभन्दा बढी विपद्का घटना, १९६ जनाको मृत्यु

गत वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशभर कुल चार हजार ५३ विपद्का घटना घटेका