प्रधानमन्त्रीलाई अध्यक्ष दाहालले भनेः स्वमूल्यांकन गरेर प्रधानमन्त्री छोड्नुस्

Sunday March 2, 2025

पढ्न लाग्ने समय :


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिनुभएको छ । आईतवार धनुषामा जनतासँग माओवादी तराई—मधेस जागरण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारको काम कारबाहीमा सरकार सञ्चालन गरे यता प्रधानमन्त्री ओलीले उत्तिर्णाङ्क समेत नल्याउनुभएको भन्दै राजीनामा दिन आग्रह गर्नुभएको हो । उहाँले प्रधानमन्त्री ओलीले शिक्षकमाथि गाली गरेको भन्दै आफैँ अनुत्तिर्ण हुने अनि शिक्षकलाई गाली गर्ने ? भन्दै प्रश्न गर्नुभयो । उहाँले मन्त्रीपरिषद्को कार्य सम्पादनमा प्रधानमन्त्री ओलीले २८ प्रतिशत मात्रै ल्याएको उल्लेख गर्दै अनुत्तिर्ण भएपछि पनि किन पदमा बसिरहनुभएको ? भन्दै प्रश्न गर्नुभयो । शिक्षकलाई गाली गर्न छोडेर स्वमूल्यांकन गरेर प्रधानमन्त्री छोड्न उहाँको सुझाव छ ।
उहाँले भन्नुभयो, ‘अहिलेको सरकारले के भन्छन् त तपाईंले प्रधानमन्त्रीको कुरा सुन्नुभयो होला । ४८ प्रतिशत मात्रै पास गराउने टिचरलाई केको सुविधा भनेर उनले अझ मास्टरलाई गाली गरे । राज्यले उचित बजेट दिनुछैन । व्यवस्थापन गर्नुछैन । अझ शिक्षकलाई गाली गर्नेतिर प्रधानमन्त्रीको बुद्धि छ । कर्मचारीलाई गाली गर्नेतिर छ बुद्धि । म के भन्न चाहन्छु भने प्रधानमन्त्रीजी तपाईंको क्याबिनेटको कार्य सम्पादन मूल्यांकनमा तपाईं २८ प्रतिशतमा पर्नुभएको छ । तपाईं त फेल नै हुनुभएको छ । किन बसिराखेको प्रधानमन्त्रीमा ? तपाईंले शिक्षकलाई गाली गर्न मिल्छ । तपाईंका मन्त्रीहरुको कोहीको १८, कसैको २१ प्रतिशत छ । तपाईंको २८ छ । यु आर फेल । त्यसकारण प्रधानमन्त्रीजी तपाईं शिक्षकलाई गाली गर्न छोडिदिनुस् । आफ्नो मूल्यांकन गरेर प्रधानमन्त्री छोड्नु उचित हुन्छ तपाईंले । होइन भने जनताले तपाईंको नौटंकि हेरिरहेका छन् ।’

अध्यक्ष दाहालले नेपाली नागरिकमाथि वर्तमान सरकारले केही महिनाभित्रै ३ खर्ब ऋण बोकाएको आरोप लगाउनु भयो ।


भर्खर

सामाजिक सञ्जालमा धार्मिक आस्थामा असर पर्ने सामग्री पोस्ट गर्ने युवक पक्राउ

सुर्खेत — सामाजिक सञ्जालमार्फत आम नागरिकमा भ्रम फैलाउने तथा धार्मिक आस्थाप्रति असर पर्ने खालका भिडियो र

कैलाली घर भएका सशस्त्र प्रहरीका हवल्दार ब्यारेकमै मृत भेटिए

बाँकेको नरैनापुर–४ स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, ब्यारेकमा एक हवल्दार मृत भेटिएका छन्

सुनसरी तनावबारे प्रचण्डको चिन्ता : सरकार साझा समाधानतर्फ अग्रसर हुन नसकेको आरोप

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखिएका संवेदनशील समस्याको साझा समाधान खोज्न सरकारppra अग्रसर हुन