प्रचण्ड धनगढी आउदै

Wednesday May 20, 2026

पढ्न लाग्ने समय :


धनगढी : पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को संयोजक बिहीबार धनगढी आउने भएका छन्।
नेकपा सुदूरपश्चिम प्रदेश समितिले भोलिदेखि आयोजना गर्न गइरहेको प्रदेशको परामर्श बैठक प्रदेश समितिको बैठक, प्रशिक्षण कार्यक्रमका लागि नेकपाका शीर्ष नेताहरु धनगढी आउन लागेका हुन।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आजै धनगढी पुग्ने कार्यक्रम रहेको सो दलका नेताहरुले बताए । यसैगरी, पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व मन्त्रीहरु भीमबहादुर रावल, रन्जिता श्रेष्ठ लगायतका नेताहरु बिहीबार बिहान धनगढी आइपुग्ने जनाइएको छ ।
नेकपाको प्रदेश सह–इन्चार्ज खगराज भट्टले बैठकमा एक हजार जनासम्मको उपस्थिति रहने जानकारी दिए । यसैबिच, नेकपाले पार्टी समायोजनको काम जेठ महिनाभित्रै पूरा हुने जनाएको छ । फागुन २१ गते चुनावपछि समयमा बैठक गर्न नसकेको जनाउँदै सो पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज भानुभक्त जैसीले जेठ महिनाभरी पार्टी समायोजनको काम गरिने बताए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।