पोखरा स्पोर्ट्स अवार्ड: क्रिकेटका अर्जुन र तेक्वान्दोकी सुस्मिता उत्कृष्ट खेलाडी घोषित

Friday May 10, 2024

पढ्न लाग्ने समय :


कास्की। क्रिकेटका अर्जुन कुमाल र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगरले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्न सफल भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्टस् अवार्डमा पुरुषतर्फ अर्जुन र महिलातर्फ सुस्मिता वर्ष खेलाडी घोषित हुँदै जनही एक/एक थान स्कुटर, ट्रफी र मेडल पुरस्कार प्राप्त गरे।

वर्ष उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा अर्जुनसहित भलिबलका हिमाल सुनारी र टेनिसका प्रदीप खड्का परेका थिए। यसैगरी, महिलामा सुस्मितासहित आर्चरीकी अनुस्का शेरचन र भलिबलकी अरुणा शाही मनोनयनमा थिए।

यसैगरी, उत्कृष्ट प्रशिक्षकको अवार्ड भलिबलका रमेश केसीले प्राप्त गरे। उनीसँगै मनोनयनमा परेका टेनिसका नीरज थापा र क्रिकेटका रिजन प्रजुलाई पछि पारेका केसीले नगद रु ३५ हजारसहित ट्रफी पुरस्कार पाए।

यसैगरी, १७ वर्षमुनिका खेलाडीबीच प्रतिस्पर्धा हुने उदीयमान खेलाडी विधाको अवार्ड ब्याडमिन्टनकी दिलासा रानामगरले प्राप्त गरिन्। उनले अवार्डसँगै नगद रु ३५ हजार र ट्रफी र मेडल पाइन्। यस विधामा क्रिकेटकी ज्योत्सनिका मरासिनी र एथलेटिक्सका बादल कार्की मनोनयनमा परेका थिए।

यसैगरी, ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ एथलेटिक्सका प्रशिक्षक इन्द्रा मल्लले प्राप्त गरे। उनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको थियो।  वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्डबाट सहारा क्लब पोखरा सम्मानित भयो।

यसैगरी, वर्ष उत्कृष्ट खेल पत्रकारतर्फको अवार्डबाट पत्रकार रोहितराज पराजुली सम्मानित भए।  वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकारतर्फका अवार्ड विजेताले नगद रु ३५ हजारका साथमा अवार्ड पुरस्कार पाए।

यसैगरी, ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसको अन्तर्राष्ट्रिय वरियता प्राप्त खेलाडी अभिषेक बाँस्तोलालाई विशेष (स्पेसल) अवार्डबाट सम्मान गरिएको थियो। मञ्चले विभिन्न सात विधामा अवार्ड वितरण गरेको हो। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, आर्थिक मामिला तथा योजनामन्त्री हरिबहादुर चुमान, सामाजिका विकास तथा स्वास्थ्यमन्त्री सीता सुन्दास, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, मञ्चका अध्यक्ष दीननाथ बराललगायतले विजेताहरुलाई ट्रफी, नगद र प्रमाणपत्र पुरस्कार वितरण गरेका थिए।

खेलकुद क्षेत्रमा लागेर देशका लागि योगदान दिने खेलाडी, खेल संघसंस्थालगायतलाई प्रोत्साहित गर्नका लागि मञ्चले हरेक वर्ष अवार्ड प्रदान गर्दै आएको छ। अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग तथा प्रदेश खेलकुद परिषद् गण्डकीले सहकार्य गरेको थियो। खेलकुद विधामा विशेषगरी कलम चलाउँदै आएका ७४ जना पत्रकार हाल मञ्चमा आबद्ध रहेका छन्।


भर्खर

कैलालीको वनमा निर्माण गरिएका संरचनामा वन कार्यालयको डोजर

धनगढी : कैलालीका वनमा निर्माण गरिएका संरचनाहरूमा डिभिजन वन कार्यालयले डोजर चलाएको छ। जिल्लाको गोदावरी

गौरीफन्टा सीमा नाकाबाट नाबालिकालाई भारत लैजाने युवक प्रक्राउ

धनगढी : कैलालीको गौरीफन्टा नाकाबाट प्रहरीले नाबालिकालाई भारततिर लगिरहेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ

आज कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय