पोखरामा सुटकेस भित्र युवतीको शव फेला
पढ्न लाग्ने समय :
पोखरा : पोखरामा सुटकेस भित्र एक युवतीको शव फेला परेको छ।
पोखरा–१७ ड्यामसाइडनजिकै पुलमुनि सुटकेसभित्र तन्नाले बेरेर फालिएको एक युवतीको शव फेला परेको हो।
पुलमुनि फालिएको सुटकेस शंकास्पद देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। फेवातालको ड्यामबाट निस्कने फुस्रे खोलामा बनेको नयाँ पुलमुनि फालिएको सुटकेस खोलेर हेर्दा तन्नाले बेरेर राखिएको युवतीको शव फेला परेको हो।
प्रहरीका अनुसार २२ देखि २५ वर्ष उमेरकी देखिने ती युवतीको हातमा मनिषा विश्वकर्मा लेखिएको ट्याटु खोपिएको छ। ती युवतीको साथबाट मेडिकल कार्ड पनि फेला परेको प्रहरीले जनाएको छ। युवतीको हत्या गरेर तन्नाले बेरेर सुटकेसमा हालेर फालिएको हुन सक्ने कास्की प्रहरी प्रमुख नवीन कार्कीले बताए।