पेनाल्टीमा भारतलाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पिअनशिपको फाइनलमा

Sunday October 27, 2024

पढ्न लाग्ने समय :


दर्शकको अपार साथ पाएको नेपाल घरेलु मैदानमा पेनाल्टी सुट आउटमा भारत माथि ४‍–२ को रोमाञ्चक जित निकाल्दै महिला साफ च्याम्पिअनसिपको फाइनलमा प्रवेश गरेको छ।

राष्ट्रिय महिला टोलीको भारतमाथि साफ च्याम्पियनसिपमा यो लगातार दोस्रो सेमिफाइनल विजय हो। साफ महिला च्याम्पिअनशिपको उपाधीका लागि नेपालले र बाङ्ग्लादेशसँग प्रतिस्पर्धा गर्नेछ। भुटानलाई ७–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै आइतवार नै बाङ्ग्लादेश फाइनलमा पुगिसकेको छ। यो जित सँगै नेपालले सेमिफाइनलमा भारतलाई नै किन प्रतिद्वन्द्वीको रूपमा लिन चाह्यो भन्ने कुरा प्रमाणित गरेको छ।

खेलको ७०औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले तुरुन्त खेल शुरु गरेर गोल फर्काएको थियो । तर रेफ्रीले नेपालको गोललाई भने मान्यता नदिएपछि नेपालले विरोध गरेको थियो । लामो विवाद भएपछि खेल एक घण्टाभन्दा बढी समय अवरुद्ध बनेको थियो । त्यसअघि खेलको ५०औं मिनेटमा रेखा पौडेलले दोहोरो पहेलो कार्ड पाउदै रातो कार्ड पाएपछि दर्शकले अवरोध गरेका कारण खेल १० मिनेटभन्दा बढी अवरुद्ध भएको थियो । अब फाइनलमा नेपालले आगामी बुधबार बंगलादेशसँग खेल्ने छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।