पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो

Sunday December 15, 2024

पढ्न लाग्ने समय :


नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य बढाएको छ। निगमले आज प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको जानकारी दिएको हो। निगमका अनुसार डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँले घटेको छ। खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत् राखिएको निगमले जनाएको छ।

निगमका अनुसार अब काठमाडौं, पोखरा र दिपायल डिपो अन्तर्गतका पेट्रोल पम्पमा पेट्रोल हाल्दा प्रतिलिटर १६२ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ। त्यस्तै, सुर्खेत र दाङ डिपो अन्तर्गतको क्षेत्रमा पेट्रोल १६१ रुपैयाँ र डिजेल तथा मट्टितेल १५० रुपैयाँ कायम भएको छ। बाँकी क्षेत्रमा पेट्रोल १५९।५० रुपैयाँ र डिजेल मट्टितेल १४८।५० रुपैयाँ पर्नेछ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।