पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुर उडे

Thursday February 26, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ :  पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन्।

नेपाली काँग्रेसका पूर्व सभापति देउवा बुधवार राति  सिंगापुर एयरलाइन्सको उडानबाट प्रस्थान गरेका हुन।

यसअघि नेपाली कांग्रेसका ‘अपदस्त सभापति’ तथा ५ पटकका प्रधानमन्त्री शेरहबहादुर देउवाले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा मतदानसमेत नगर्ने समाचार आएको थियो।

विशेष महाधिवेशनबाट सभापति पद गुमाएपछि स्तब्ध बनेका देउवा निर्वाचन आयोगले आफूलाई आधिकारिकता नदिएपछि विचलित थिए। सर्वोच्च अदालतले समेत अन्तरिम आदेश नदिएपछि अन्तिमपटक रुख चिह्नबाट चुनाव लड्ने प्रयास गरेका थिए। तर, सभापति गगन थापाले टिकट नदिएपछि देउवा प्रतिनिधि सभा निर्वाचनका सबै प्रक्रियाबाट बाहिर थिए।

उनलाई ‘बदलिएको कांग्रेस’का पदाधिकारीहरुले विभिन्न च्यानलबाट पार्टीको चुनावी अभियानलाई साथ दिन आग्रह गरे पनि उनले मानेका थिएनन्। कांग्रेसका उम्मेदवारलाई जिताउन रुखमा मत माग्ने अपिलमात्र भने पनि सार्वजनिक गराउने प्रयास समेत सफल भएको थिएन।

कांग्रेस प्रवक्ता देवराज चालिसेले पूर्वसभापति देउवालाई पार्टीका उम्मेदवार जिताउने अभियानमा सामेल गराउने प्रयास भइरहेका बताएका थिए। तर देउवाको सचिवालयले भने कसैसँग भेटघाट र कुराकानी नभएको तथा कसैको प्रचारमा जाने सम्भावना पनि नरहेको प्रष्ट पारेको थियो।

डडेलधुराबाट २०४८ देखि लगातार ७ वटा चुनावमा कांग्रेसको उम्मेदवार भएर सातैपटक जितेका देउवा अन्तिम चुनाव लड्न नपाएपछि घरबाट निस्केका थिएनन्। उनको ठाउँमा उनीनिकटकै युवा नेता नैनसिंह महरले टिकट पाएका छन्।

देउवा यसपटक भोट हाल्न पनि डडेलधुरा नजाने विषय बाहिरिएको थियो।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।