पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा थपलिया र मध्यपश्चिममा गौतम नियुक्त

Tuesday April 30, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा बिजुकुमार थपलिया र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा ध्रुवकुमार गौतमलाई नियुक्त गरेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार उपकुलपतिका लागि सिफारिसमा परेका३÷३ जना मध्ये १÷१ जनालाई नियुक्त गरेका हुन् ।

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोटका लागि शिक्षामन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति बनेको थियो । उक्त समितिले वैशाख १२ र १३ गते उम्मेदवारहरूको प्रस्तुति तथा अन्तर्वार्ता लिएर ३ जनाको नाम सिफारिस गरेको थियो ।

त्यस्तै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीको संयोजकत्वमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिसका लागि समिति बनेको थियो । समितिले प्राडा गौतम सहित ३ जनाको नाम सिफारिस गरेको थियो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।