पूर्वमन्त्री डा.रामचन्द्र अधिकारीको आत्मावृतान्त पुस्तक विमोचन

Wednesday February 12, 2025

पढ्न लाग्ने समय :


पूर्वमन्त्री एवं विश्व हिन्दु महासंघका पूर्वअध्यक्ष डा.रामचन्द्र अधिकारीको आत्मावृतान्त पुस्तक विमोचन भएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुस्तक विमोचन गर्नुभएको हो । विमोचन कार्यक्रममा बोल्दै सभापति देउवाले डा. अधिकारी नेपाल हिन्दु राष्ट्र बन्नुपर्छ भनेर हिँडिरहनुभएको उल्लेख गर्दै बन्नसक्छ वा सक्दैन यसै भन्न नसकिने बताउनु भयो । उहाँले हिन्दुराष्ट्र बनाउने अभियानमा उहाँलाई साथ दिन पनि आग्रह गर्नुभयो ।
सभापति देउवाले भन्नुभयो, ‘उहाँ मेरो सानैदेखिको साथी हो । अहिले हिन्दुराष्ट्र बनाउने अभियानमा हुनुहुन्छ, कतिको सफल हुन्छ थाहा छैन, उहाँलाई साथ दिनुस् ।’ 

सभापति देउवाले डा. अधिकारीसँग धेरै कुराहरुको अनुभव रहेको भन्दै देशका लागि आत्मवृतान्त पुस्तकले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।