पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा

Friday April 26, 2024

पढ्न लाग्ने समय :


काठमाडौं। नेपाल पुलिस क्लब राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस क्लबले फाइनलको यात्रा तय गरेको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको खेलमा पुलिस क्लबले आर्मी क्लबलाई ३–१ सेटले पराजित गरेको हो। जितसँगै पुलिसले  ६ अंक बटुलेको छ। पराजित भएको आर्मी प्रतियोगिताबाट बाहिरिएको छ।

खेलको पहिलो सेटमा पुलिस २५–१९ अंकले विजयी भयो। पुलिसले दोस्रो सेट १७–२५ अंकले गुमाउन पुग्यो । तेस्रो सेटमा पुलिस क्लब २५–१५ अंकले विजयी भयो। निर्णायक सेटमा पनि पुलिस क्लबले आर्मीलाई २५–१३ अंकले हरायो।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको उक्त प्रयोगिताको विजेता टोलीले रु चार लाख ९९ हजार तथा उपविजेता टोलीले रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख २५ हजार र चौथो हुने टोलीले रु ६२ हजार पुरस्कार प्राप्त गर्नेछ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।