पुरस्कारले युवाहरू खेलप्रति आकर्षित हुन्छन्ः दीपेन्द्रसिंह ऐरी

Monday December 30, 2024

पढ्न लाग्ने समय :


नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले खेलाडीलाई प्रोत्साहन गर्ने पुरस्कारका कारण खेलप्रति युवाहरू आकर्षित हुने बताउनुभएको छ । सोमवार क्रिकेटर दीपेन्द्रले खेलबाट पनि केही गर्नसक्छौं भन्ने खेलाडीमा आशा र भरोसा बढेको बताउनुभएको हो । कार्यक्रममा एसपिजी अटोमोबाइल्स प्राली (ओमोडा एण्ड जेइकोको लागि नेपालका अधिकारी वितरक) ले सोमवार पत्रकार सम्मेलनमार्फत दीपेन्द्रलाई ब्राण्ड एम्बासडर घोषणा गरेको थियो । सोही अवसर केही हप्ता अगाडि सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअर अफ दी टुर्नामेण्ट भएबापत प्राप्त ओमोडा इ फाइभ गाडी पनि हस्तान्तरण गरिएको थियो ।

एनपिएलको सुदूरपश्चिम रोयल्सका कप्तान समेत रहेका दीपेन्द्रले यस किसिमको पुरस्कारले खेलाडीहरूको आत्मविश्वास बढेको बताउनु भयो । साथै स पुरस्कार व्यवस्था गरेकोमा कम्पनीलाई धन्यवाद दिँदै खेलाडीलाई प्रोत्साहन हुने र लिगले पनि खेलाडीलाई खेलमा केही गर्न सक्छु भन्ने भरोसा मिलेको बताउनु भयो । उहाँले शारदा ग्रुप र नेपाली क्रिकेटबीचको यात्रा लामो होस् भन्ने शुभकामना पनि दिनुभयो । उहाँले यसअघि लिगमा बाइक दिने प्रचलन भएपनि गाडी पाउने भएपछि खेलाडीका लागि सुखद् पक्ष रहेको बताउनु भयो ।

कार्यक्रममा शारदा ग्रुपका अध्यक्ष शिवरतन शारदा, प्रवन्ध निर्देशक सन्दीपकुमार शारदा र एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारदाले क्रिकेटर दीपेन्द्रलाई उत्कृष्ट खेलाडीबापतको पुरस्कार पनि हस्तान्तरण गरेका थिए । सोही अवसरमा ब्राण्ड एम्बेसडर घोषणा पनि गरिएको थियो । उनीहरूबीच सम्झौतापत्रमा हस्ताक्षर पनि भयो । कार्यक्रममा दीपेन्द्रका आमाबुबाको पनि उपस्थिति रहेको थियो ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका