पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

Sunday October 6, 2024

पढ्न लाग्ने समय :


प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा निर्माण व्यवसायी विकास परिषदले पनि एक करोड सहयोग गरेको छ । आईतवार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटगरी परिषद्का अध्यक्ष एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाढी पहिरो पीडितका लागि सो रकम हस्तान्तरण गर्नुभएको हो । निर्माण व्यवसाय ऐनको व्यवस्था अनुसार आफूहरुले पीडितलाई राहत दिने निर्णय गरेको पनि मन्त्री दाहालले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘निर्माण व्यवसाय ऐन २०५५ को दफा १३ बमोजिम निर्माण व्यवसायी विकास परिषद्को मिति २०८१ असोज १८ गते बसेको ४१ औं बैठकबाट निर्माण व्यवसाय कोषबाट प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु एक करोड जम्मा गर्ने निर्णय भएको व्यहोरा सादर अनुरोध गर्दछु ।’ 

निर्माण व्यवसाय ऐन २०५५ को दफा १३ मा निर्माण व्यवसायी विकास परिषदले पनि विपद्मा आर्थिक सहयोग गर्ने उल्लेख गरिएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।