पीएसजी छाड्ने एम्बाप्पेको घोषणा

Saturday May 11, 2024

पढ्न लाग्ने समय :


पेरिस । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले सिजनको अन्त्यमा पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने बताएका छन् । २५ वर्षीय एमबाप्पेले आफ्नो सामाजिक सञ्जालमा जारी भिडियोमार्फत उक्त निर्णयको घोषणा गरेका हुन्।

एम्बाप्पेले भने, ‘मैले सधैँ भनेको समय आएपछि म तपाईंसँग कुरा गर्छु भन्दै आएको थिएँ ।  पेरिस सेन्ट-जर्मेनमा यो मेरो अन्तिम वर्ष हो। म करार विस्तार गर्दिनँ र यो यात्रा केही हप्तामा समाप्त हुनेछ।’

पीएसजीसँग एमबाप्पेको सम्झौता जुनमा समाप्त हुन्छ । बीबीसी स्पोर्टले गत फेब्रुअरीमा नै एम्बाप्पे रियल मड्रिडमा सामेल हुने सम्झौता गरेको समाचार प्रकाशित गरेको थियो ।

विश्वकप विजेता खेलाडी २५५ गोलसहित पीएसजीका कीर्तिमानी गोलकर्ता हुन् । पेरिसमा जन्मेका एमबाप्पे मोनाकोबाट अगस्ट २०१७ मा १६.५७ करोड पाउन्डमा पीएसजीमा सामेल थिए

पीएसजीले लिग वानमा टुलुसविरुद्ध पार्क डेस प्रिन्सेसमा आफ्नो अन्तिम घरेलु खेल खेल्नेछ। त्यसपछि टोलीले मे २५ मा लिलको स्टेड पियरे-माउरोयमा लियो विरुद्ध फ्रेन्च कप फाइनल अघि लिगमा निस (१५ मे) र मेट्ज (१९ मे) विरुद्ध खेल्नेछ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।