पार्टी पुनरगठनका लागि पदत्याग गर्ने काँग्रेस महामन्त्री थापाको घोषणा

Monday September 15, 2025

पढ्न लाग्ने समय :


  • समयमा निर्वाचन गरेर संविधान र लोकतन्त्र जोगाउनु पर्छ
  • जेनजी आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त राज्य र समाजको नेतृत्व गर्ने पार्टी बनाऔं
  • गल्ती भएको छ, आत्मसमिक्षा, आत्ममूल्यांकन र आत्मसंकल्प गरौ

न्युज नेपाल समाचार
काठमाडौं, भदौ ३० गते । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठनका क्रममा आफू महामन्त्री पद त्याग्न तयार रहेको घोषणा गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत महामन्त्रीले भनेका छन्– यसको लागि म सहर्ष महामन्त्री पद छोड्न तयार छु । यसमा छलफल शुरू गरौं । स्वीकार गरौं । गल्ती भएको छ, अनि आत्मसमीक्षा, आत्ममुल्यांकन र आत्मसंकल्प गरौं ।

महामन्त्री गगन थापाले निष्पक्ष निर्वाचन सम्पन्न गरेर संविधान र लोकतन्त्रलाई जोगाउनुपर्ने आग्रह समेत गरेका छन् । तोकिएकै समयमा निर्वाचन गराउने वातावरण निर्माण गरिनुपर्ने महामन्त्री थापाको भनाई छ । सामाजिक सञ्जालमा उनले लेखेका छन्– भयरहित वातावरणमा समयमै निष्पक्ष निर्वाचन सम्पन्न गरेर संविधान र लोकतन्त्रलाई सही ट्रयाकमा ल्याउने अहिलेको मुख्य राष्ट्रिय जिम्मेवारी बन्न पुगेको छ ।

उनले निर्वाचनको तयारी सँगसँगै पार्टी पुनर्गठन गर्नुपर्ने पनि औल्याएका छन् । उनले पार्टी पुनर्गठन अनिवार्य आवश्यकता भएको उल्लेख गर्दै भनेका छन्– संविधान दिवसकै दिनदेखि संकल्पसहित पुनर्गठन अभियान सुरु गरौं ।

महामन्त्री थापाले जेनजी आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त राज्य र समाजको नेतृत्व गर्ने पार्टी बनाउने गरी पार्टीको सदस्यता, संगठन संरचना, नेतृत्व चयन प्रक्रियादेखि सबै मुद्दा र शैलीमा आमूल सुधार जरूरी रहेको पनि औल्याएका छन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।