पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण

Sunday April 30, 2023

पढ्न लाग्ने समय :


गण्डकी । नेपाली भाषा शिक्षक परिषद् कास्कीको आयोजनामा विद्यालय तहका कक्षा ५, ८ र १० को परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तकमा आधारित रही नेपाली भाषा शिक्षण गर्ने शिक्षक शिक्षिकालाई प्रबोधीकरण गराइएको छ । शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यका साथ पाठ्यक्रमविद् इन्दु खनालको सहजीकरणमा प्रवोधीकरण गराइएको हो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले नेपाली भाषा शिक्षक परिषद्ले समय समयमा शिक्षकको पेसागत अभिवृद्धि, भाषा विकास र विद्यार्थी लक्षित कार्यक्रमका माध्यमबाट शिक्षण सिकाइलाई प्रभावकारी बनाउन योगदान पु¥याएको बताए ।

प्रबोधीकरणले शिक्षण सिकाइलाई सहज एवम् प्रभावकारी बनाउन योगदान पु¥याउने उनले बताए । परिषद्का अध्यक्ष डिल्लीराम अर्यालले परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तक अध्यापन गराउनका लागि प्रबोधीकरण आवश्यक महसुस गर्दै कार्यक्रम आयोजना गरिएको बताए ।

परिषद्का सल्लाहकार एवम् संस्थापक अध्यक्ष माधवशरण उपाध्याय, प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, कुमुदिनी होम्स माध्यमिक विद्यालयका संस्थापक निर्देशक अशोक पालिखे, वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद लम्साल, महासचिव शिवहरि सुवेदी, सचिव नारायणप्रसाद पराजुली लगायतले प्रबोधीकरणले शिक्षणसिकाइको गुणस्तरीयता अभिवृद्धिमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कास्कीका विभिन्न विद्यालयमा अध्यापनरत दुई सयभन्दा बढी शिक्षकशिक्षिकाको उपस्थिति रहेको उपाध्यक्ष विक्रम पौडेलले जानकारी दिए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।