पाकिस्तानमा सेनाको हेलिकोप्टर दुर्घटना, २२ सैनिकको मृत्यु

Thursday June 11, 2026

पढ्न लाग्ने समय :


इस्लामावाद : पाकिस्तान नियन्त्रित काश्मिरमा बिहीबवार सैनिक हेलिकोप्टर दुर्घटना हुँदा कम्तीमा २२ जना सैनिकको मृत्यु भएको सुरक्षा स्रोतले जानकारी दिएको छ । पाकिस्तान नियन्त्रित कश्मीरको मुजफ्फराबाद जिल्लामा बुधबार भएको दुर्घटनामा एक कर्णेल र दुई मेजर तथा अन्य १९ जना सैन्यकर्मीको मृत्यु भएको स्रोतले जनाएको छ ।

यसअघि इन्टर सर्भिसेज पब्लिक रिलेसन्स ९आइएसपिआर०ले जारी गरेको विज्ञप्तिमा हेलिकोप्टरको उडानका क्रममा प्राविधिक खराबीका कारण दुर्घटना भएको थियो । “दुर्घटनाको वास्तविक प्राविधिक कारण पत्ता लगाउन छानविन समितिलाई आदेश दिइएको छ,” आइएसपिआरले भनेको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले हेलिकोप्टर दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गरेका छन ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।