पहिरो खस्दा एक बृद्धा घाइते, १३ पशुचौपाया क्षती

Monday September 1, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ १६ गते ।

भारी वर्षासँगै खसेको पहिरोका कारण बैतडीको सुर्नया गाउँपालिका–२ चौपातामा एक जना बृद्धा घाइते भएकी छिन् । पहिरोका कारण गोठमा रहेका १३ पशुचौपाया मरेका छन् । आइतबार अपरान्ह खसेको पहिरोमा ९० वर्षीया गोदावरी चन्द गम्भीर घाइते भएकी छिन् ।

पहिरोका कारण स्थानीय गिरिस चन्दको दुईतले घर क्षतीग्रस्त भएको छ । जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार पहिरोमा गम्भीर घाइते गोदावरीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

पहिराका कारण घरगोठमा रहेका १३ पशु पुरिएर मरेका छन् । प्रहरीका अनुसार पहिरोमा पुरिएर चार गाई, एक गोरु, आठ वटा बाख्रा मरेका छन् । पहिरोका कारण अन्नपात, लत्ताकपडा, भाँडावर्तन सहितका धनमाल क्षती भएको छ । अविरल वषाका कारण अहिले पनि पहिरो बग्ने क्रम नरोकिएको प्रहरीले जनाएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।