परिवार नियोजन संघ कैलालीको नेतृत्व जनकराज जोशीलाई

Sunday July 12, 2026

पढ्न लाग्ने समय :


कैलाली : नेपाल परिवार नियोजन संघ, कैलाली शाखाको ३३औँ अधिवेशनबाट जनकराज जोशी अध्यक्षमा निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ। निर्वाचन परिणामअनुसार शाखाको कोषाध्यक्षमा चिरञ्जीवी पाठक निर्वाचित भएका छन्। महिला सदस्यमा भगवती बडाल र भुवनेश्वरी मल्ल विजयी भएका छन्।

त्यसैगरी, विशेषज्ञ सदस्यतर्फ कुश्मा जोशी (अपाङ्गता), सुभाषचन्द्र उपाध्याय (कानुन), रञ्जना जोशी (अर्थ) तथा कालीप्रसाद पडाल (प्रजनन स्वास्थ्य) निर्वाचित भएका छन्। किशोर–युवा सदस्यमा मोनिका वड र स्तुति आचार्य निर्वाचित हुँदा युवा सदस्यमा रोसनी चौधरी चयन भएकी छन्। नवनिर्वाचित कार्यसमितिले आगामी तीन वर्षसम्म परिवार नियोजन, प्रजनन स्वास्थ्य, यौन तथा प्रजनन अधिकार, किशोर–किशोरीमैत्री सेवा तथा समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धिका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको