परराष्ट्रमन्त्री खनाल भोलि चीन भ्रमणमा जाने
पढ्न लाग्ने समय :
काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार उत्तरी छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जाने भएका छन ।
जनवादी गणतन्त्र चीनका विदेशमन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरोका सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ ३१ गतेदेखि असार ३ गते ९जुन १४ देखि १७० सम्म चार दिनका लागि औपचारिक भ्रमणमा जाने गरी मिति तय भएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खनालले बेइजिङमा चीनका विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यसूची रहेको छ । नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ पार्न र आपसी सहयोगलाई थप प्रगाढ बढाउने उद्देश्यसहित पारस्परिक हितका विषयमा छलफल हुने मन्त्रालयले शुक्रबार जारी वक्तव्यमा उल्लेख छ ।
सो क्रममा मन्त्री खनालले चीनका उच्चस्तरीय प्रतिष्ठित व्यक्तिसँग पनि भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ । साथै नेपालमा विदेशी लगानी प्रवर्धन गर्न
बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुनुहुने उनको कार्यसूची रहेको छ । त्यस क्रममा उनले चिनियाँ व्यापारिक समुदायसँग पनि छुट्टै अन्तव्रिर्mया गर्ने जनाइएको छ । त्यस्तै नेपालको दूतावासले मन्त्री खनालको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुँदै त्यहाँ स्थित नेपाली समुदायसँग अन्तक्रिया हुने कार्यसूची रहेको छ । मन्त्री खनाल असार ३ गते स्वदेश फर्किने कार्यसूची रहेको छ ।