पत्रकार महासंघमा चौतारी र युनियनबीच भागबण्डा,अध्यक्षमा शर्माको उम्मेदवारी

Sunday December 8, 2024

पढ्न लाग्ने समय :


नेपाल पत्रकार महांघको आगामी मंसिर २८ मा हुने महाधिवेशनमा अध्यक्ष पदका लागि प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको तर्फबाट महिला पत्रकारहरूको सञ्जाल सञ्चारिका समूहकी पूर्वअध्यक्ष निर्मला शर्मा संयुक्त उम्मेदवार बन्नुहुने भएको छ । आईतवार काठमाडौंमा उम्मेदवार घोषणा सभा आयोजना गर्दै अध्यक्ष पदका लागि साझा उम्मेदवारका रुपमा नेकपा (एमाले) निकट पत्रकार संगठन प्रेस चौतारी नेपालका तर्फबाट शर्मालाई अध्यक्ष पदको लागि अघि सारिएको हो । उम्मेदवारी घोषणा गर्दै शर्माले पत्रकारले स्वतन्त्र भएर लेख्न पाउने अधिकारको सुनिश्तिता आफ्नो टिमले गर्ने दाबी गर्नुभयो । उहाँले जुन संस्थाबाट आएपनि महासंघमा आफूहरु राजनीति गर्नको लागि नभई श्रमजीवि पत्रकारहरुको हकहितका मुद्दा उठाउन जान लागेको बताउनु भयो । उहाँले देशभरबाट प्रेस चौतारी र प्रेस युनियनमा आवद्ध पत्रकारहरुको सुझावको आधारमा पत्रकार महासंघमा आफू नेतृत्वको टिमले काम गर्ने उहाँको भनाइ छ ।

उहाँले व्यावसायिक र जवाफदेही पत्रकारीताको प्रवद्र्धन गर्नु नै सबै संस्थाहरुको साझा उद्देश्य रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘पत्रकारितामा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्नेप्रति म विश्वास गर्दिन । म जहिले पनि एउटा लड्ने सिपाही हो । पत्रकारले स्वतन्त्र भएर लेख्न पाउने सुनिश्तिता मेरो टिमले गर्छ तपाई विश्वस्त हुनुस् । हामी जुन संगठनबाट आएपनि त्यो एउटा व्यवसायिक पत्रकारहरुको संस्था हो । तर हामी महासंघमा राजनीति गर्न जान लागेका होइनौं । श्रमजीवि पत्रकारहरुको हकहितका मुद्दाहरु उठाउँछौं । उहाँहरुको पेसागत सुरक्षा गर्नको लागि हामी एक भएर लाग्नेछौं । संस्थाले जुन विश्वास गरेर मलाई पठाउनुभएको छ त्यो विश्वास दिलाएर छोड्नेछु । विश्वासघात गर्न जान्दिन । प्रेस चौतारी र प्रेस युनियनमा आवद्ध देशभरीका साथिहरुको सुझावको आधारमा पत्रकार महासंघमो मेरो नेतृत्वमा गएको संस्थाले काम गर्छ । प्रेस चौतारी र प्रेस युनियनमा बस्ने साथिहरुको मुद्दा एउटै त हो नि । व्यवसायिक र जवाफदेही पत्रकारीताको प्रवद्र्धन गर्नु नै हाम्रो उद्देश्य हो नि त । अहिलेको पत्रकरीतामा व्यवसायीकता र जवाफदेहीताको एकदमै खाचो छ । त्यो पुरा गर्नु हामी सबैको जिम्मेवारी हो ।’

आफूहरु जुनसुकै राजनीतिक दल निकटका संस्थाहरुमा आवद्ध भएपनि व्यवसायिक पत्रकारिताको प्रवद्र्धनका लागि काम गर्नुपर्ने उहाँको भनाइ छ । महासंघको महाधिवेशनका लागि प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनले भागबण्डा गर्ने सहमति गरेका छन् ।  सहमतिअनुसार चौतारीले अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजकसहित २२ सदस्यमा पाएको छ । बाँकी पदाधिकारीहरूमा युनियनबाट उम्मेदवारी हुनेछ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।