पठन संस्कृतिको विकास गर्न ‘कर्णाली साहित्य महोत्सव’

Tuesday April 23, 2024

पढ्न लाग्ने समय :


कर्णाली । पठन र लेखन संस्कृतिको विकास गर्न कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली साहित्य महोत्सव’ हुने भएको छ । फ्युचर नेपाल र कर्णाली रिडर्स सोसाइटीको आयोजनामा आज ‘कर्णाली साहित्य महोत्सव’ हुने भएको हो ।

कर्णालीको भाषा, साहित्य र संस्कृतिको विकास बारे विमर्श गर्न महोत्सव आयोजना गरिएको आयोजक समितिका संयोजक डा नवराज केसीले जानकारी दिए । कर्णाली प्रदेश प्रमुख तिलक परियारले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ ।

वीरेन्द्रनगर नगरपालिका र सुर्खेतमा अवस्थित विद्यालयहरूसँगको समन्वय र सहकार्यमा कर्णालीमा पहिलोपटक आयोजित महोत्सवमा छ सय पुस्तक प्रदर्शनी गरिने जनाइएको छ ।

महोत्सव आयोजक समितिका सदस्य तथा लेखक माधव चौलागाईँका अनुसार महोत्सवबाट पठन तथा लेखन संस्कृतिको विकास हुनुका साथै कर्णाली प्रदेश सरकार र स्थानीय तहको शैक्षिक योजना निर्माणमा सहयोग पुग्नेछ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।