न्याय परिषद् सदस्यमा प्रश्तावित दामोदर खड्काको नाम संसदीय समितिबाट अनुमोदन

Sunday February 2, 2025

पढ्न लाग्ने समय :


न्याय परिषद्को सदस्यमा प्रश्तावित दामोदर खड्काको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ । आईतवार सिंहदरबारमा बसेको समितिको बैठकले खड्काको नाम अनुमोदन गरेको हो । बैठकको निर्णय सुनाउँदै संसदीय सुनुवाई समिति सभापति ईश्वरीदेवी न्यौपानेले न्याय परिषद्को सदस्य पदमा सिफारिस हुनुभएका दामोदर खड्काको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘न्याय परिषद्को मिति २०८१, पुस २९ गतेको पत्रानुसार न्याय परिषद्को सदस्य पदमा सिफारिस हुनुभएका दामोदर खड्काको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० को नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन भएको व्यहोरा यहाँहरुलाई जानकारी गराउँछु ।’ समितिको बैठकमा आफ्नो कार्य विवरण प्रश्तुत गर्दै न्याय परिषद् सदस्यमा सिफारिस खड्काले समाजका सबै अग अवयवहरुले राम्रो कुरालाई अघि ल्याउनुपर्ने बताउनु भयो । उहाँले छिटो छरितो न्याय सम्पदानका लागि न्याय परिषद्को तर्फबाट पहल र सहजीकरण गर्ने बताउनु भयो । नेपाल बार एशोसिएशनले संसदीय सुनुवाईको लागि न्याय परिषद्को सदस्यमा खड्काको नाम सिफारिस भएको पत्र समितिलाई पुसको २९ गते पठाएको थियो ।  न्याय परिषदमा प्रधानन्यायाधीश, कानूनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश र दुई सदस्य रहने संवैधानिक व्यवस्था छ । ती दुई सदस्यमध्ये एकजना प्रधानमन्त्रीको सिफारिसमा र अर्को नेपाल बार एशोसिएशनको सिफारिसमा नियुक्त हुने व्यवस्था रहेको छ ।  न्याय परिषद्का सदस्यको पदावधि चार वर्षको हुने संवैधानिक प्रावधान छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।