नेप्से १५.६२ अंकले घट्यो, कारोबारमा पनि गिरावट

Monday May 6, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । आज सोमबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) १५.६२ अंकले घटेको छ । नेप्से ०.७९ प्रतिशतले घटेर १९५८.७५ विन्दुमा पुगेको छ ।

सोमबार २ अर्ब ८९ करोड १३ लाख १९ हजार बराबरको ६९ लाख ७८ हजार ३२१ कित्ता शेयर ४८ हजार ७०९ पटक किनबेच भएको छ ।

आज ३१० कम्पनीको शेयर कारोबार हुँदा ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ कम्पनीको शेयर मूल्य घटेको छ । ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज सेन्सेटिभ इन्डेक्स ३.३८ अंकले, फ्लोट इन्डेक्स १.०७ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०२ अंकले घटेको छ । १३ वटा उपसमूहमध्ये डेभलपमेन्ट बैंक समूह बाहेक अन्य सबै समूह घटेको छ ।

आज पोखरा फाइन्यस र दाेल्ती पावर कम्पनीको शेयरमा भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेकाे छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।