नेप्सेमा २४ दशमलव ३९ अंकको वृद्धि, ३ अर्ब ४० करोडको कारोबार

Monday May 13, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा २४ दशमलव ३९ अंकको वृद्धि आएको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा १.२३ प्रतिशतले बढेर १९९८ अंकमा पुगेर रोकिएको हो ।

यसक्रममा सोमबार १४८ वटा कम्पनीको मूल्य बढेको छ । यस्तै ८५ कम्पनीको मूल्य घट्दा ११ कम्पनीको भने स्थिर छ । परिसूचकमा उत्साहजनक वृद्धि आउँदा ६ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सोमबार नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त, माण्डु हाइड्रोपावर, सृजनशील लघुवित्त, हिमालयन ऊर्जा विकास कम्पनी र गुराँस लघुवित्तको सेयर मूल्य सकारात्मक सर्किट लागेको हो । सोमबार सीवाईसीएल लघुवित्तको सेयर मूल्य भने ५.६५ प्रतिशतले घटेको छ ।

नेप्से सूचक दोहोरो अंकले बढ्दा आज ३ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको ९५ लाख ४१ हजार कित्ता सेयर किनबेच भएको छ । यसक्रममा ५ समूहको सेयर सूचक भने घटेको छ । वित्त, होटल र टुरिजम, उत्पादनमूलक, निर्जीवन बीमा समूह र व्यापार समूहमा गिरावट आएको हो ।

यसबाहेक सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक बढेको छ । यो समूहको सूचक ५० अंकले बढेको छ । यसपछि बैंक समूहको सूचक ३२ अंकले बढ्दा लघुवत्त समूहमा ३० अंकको वृद्धि छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।