नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात् गर्नुपर्छः रवि लामिछाने

Wednesday June 3, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतले अतीतका सीमालाई आत्मसाथ गर्दै विकास कूटनीतिको नयाँ युगमा प्रवेश गर्नुपर्ने बताएका छन। भारतको राजधानी नयाँदिल्लीमा बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको एक घण्टा लामो भेटवार्तापछि उनले सो कुरा बताएका हुन।
प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका विषयमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सभापति लामिछानेले लेखेका छन, ‘‘प्रधानमन्त्री मोदीज्यूसँगको एक घण्टा लामो संवाद अत्यन्तै खुसीको क्षण रह्यो । नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात् गर्नुपर्छ भन्ने उहाँको दृष्टिकोणमा मेरो पूर्ण ऐक्यबद्धता छ ।’’
सभापति लामिछानेले दुई देशबीचको साझा सभ्यतामा केन्द्रित भएर आपसी विश्वास र प्रगतिको जगमा नयाँ साझेदारी निर्माण गर्न सकिने उल्लेख गरेका छन । भारत सरकारसँग मिलेर काम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उत्सुक रहेको लामिछाने बताएका छन । उनले थप भनेका छन, “नेपाल र भारतका जनताको साझा समृद्धिका लागि यी सम्भावनाहरूलाई यथार्थमा परिणत गर्न रास्वपा उत्सुक छ।’
यसअघि भारतीय प्रधानमन्त्री मोदीले पनि ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा रहेको साझेदार मुलुक भएको उल्लेख गर्दै दुई देशबीचको विशिष्ट एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पु¥याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको बताए ।
नयाँदिल्लीमा भएको उक्त उच्चस्तरीय भेटवार्तामा भारतीय पक्षबाट प्रधानमन्त्री मोदीका साथै विदेशमन्त्री एस‍. जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिश्रीलगायतका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।
यसैगरी, नेपाली टोलीका तर्फबाट रास्वपा सभापति लामिछानेसँगै उनकी धर्मपत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा, स्वकीय सचिव प्रदीप आचार्य र भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा सहभागी थिए।


भर्खर

धनगढीमा तातो हावाको लहर चल्ने

काठमाडौँ : असार ११ गते देशका विभिन्न सहरहरूमा मौसमको विविध रूप देखिने भएको छ। केही

कैलालीको घोडाघोडीमा १५ शय्याको नगर अस्पताल अलपत्र

धनगढी : कैलालीको घोडाघोडी नगरपालिकामा निर्माणाधीन १५ शय्याको आधारभूत नगर अस्पतालको काम अपूरै रहेको छ ।

पोखरीमा डुबेर बालकको मृत्यु

धनगढी : दार्चुलाको नौगाड गाउँपालिका–२ दल्लेखमा पानी पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। स्थानीय