नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा काठमाण्डौ गुर्खाजको जित
पढ्न लाग्ने समय :
नेपाल प्रिमियर लिग क्रिकेटमा काठमाण्डौ गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको छ । पोखराले दिएको १ सय ३९ रनको लक्ष्य काठमाण्डौले १४ ओभर १ बलमा ४ विकेट गुमाएर भेटायो । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनायो । यो जीतसँगै काठमाण्डौले प्लेअफको सम्भावना बलियो बनाएको छ ।
काठमाण्डौ ६ खेलमा ६ अङ्कसहित तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । पोखरा ६ खेलमा ४ अङ्कसहित सातौं स्थानमा छ । एनपीएलमा शनिबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज खेल्दैछन् । जनकपुर बोल्ट्स एक खेलअघि नै क्वालिफायरमा पुगिसकेको छ । चितवन पनि क्वालिफायर पुग्ने सम्भावना कायमै छ । चितवन ६ खेलमा ६ अङ्कसहित चौथो स्थानमा छ ।