नेपाल प्रहरीको नयाँ आईजीपीमा चन्द्रकुबेर खापुङ नियुक्त
पढ्न लाग्ने समय :
न्युज नेपाल समाचार
धनगढी, भदौ १३ / नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) मा चन्द्रकुबेर खापुङ नियुक्त हुनु भएको छ। सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुबेर खापुङलाई नेपाल प्रहरीको ३२औं प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई भदौ १९ गतेदेखि लागू हुने गरी प्रहरी प्रमुखमा नियुक्त गरेको हो। यसअघि हालका आईजीपी दिपक थापा भदौ १८ गते राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाने भएपछि सोही दिनदेखि खापुङले जिम्मेवारी सम्हाल्नेछन्।
खापुङलाई आईजीपीमा नियुक्तसँगै नेपाल प्रहरीले नयाँ नेतृत्व पाएको छ।