नेपाल आइडल विजेता रवि ओडविरुद्ध श्रीमतीले हालिन् बलात्कार मुद्दा, पक्राउ पुर्जी जारी

Friday April 5, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । गायन रियालिटी शो नेपाल आइडलका विजेता समेत रहेका गायक रवि ओडविरुद्ध आफ्नै श्रीमतीले वैवाहित बलात्कारको मुद्दा दायर गरेकी छिन् ।

श्रीमतीले आफ्नै श्रीमानले आफूलाई बलात्कार गरेको उजुरी आएपछि कारवाही अगाडि बढाइएको कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका इन्सपेक्टर पुष्कर पन्तका अनुसार उजुरी आएपछि प्रहरीले कारवाही अगाडि बढाएको छ ।

कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत रविकी श्रीमतीले वैवाहिक बलात्कारसम्बन्धी जाहेरी दिएकी हुन् । उजुरीपछि रविविरुद्ध पक्राउ पुर्जी पनि जारी भएको बताइएको छ । श्रीमतीको मेडिकलको प्रक्रिया भइरहेको र अनुसन्धान सुरु भइसकेको प्रहरीले बताएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।