नेपाली सेना गौरवको प्रतीक हो : प्रदेश प्रमुख मियाँ

Saturday February 14, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नेपाली सेना जनताको विश्वास, राष्ट्रको ढाल र गौरवको प्रतीक रहेको बताएका छन।

नेपाली सेना दिवसको अवसरमा आज धनगढीमा आयोजित एकता दौडको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन। उनले गौरवशाली इतिहास भएको नेपाली सेनाले राष्ट्रलाई पर्न आउने विभिन्न विपत्तिमा जनताहरूको जनधनको क्षति हुनबाट बचाउन सहयोग गर्दै आएको उल्लेख गरेका छन्।

नेपाली सेनाले राष्ट्रको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको प्रदेश प्रमुख मियाँको ठम्याई छ। उनले देशको सार्वभौमसत्ता र अखण्डताको रक्षा, विपद् व्यवस्थापन, शान्ति व्यवस्थापन र राष्ट्रिय विकासमा नेपाली सेनाले महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गरेका छन्।

बहुल एकता र सुरक्षित राष्ट्रको भावनालाई आत्मसात् गर्दै प्रदेश स्तरमा आयोजना गरिएको एकता दौडले सुदूरपश्चिम प्रदेशका जनतालाई नेपाली सेनाको बारेमा अझै नजिकबाट जान्ने बुझ्ने अवसर प्रदान गरेको मियाँको भनाइ छ। उनले एकता दौड केवल मनोरञ्जनमात्र नभइ राष्ट्रिय एकताको प्रतीक रहेको उल्लेख गर्नुभयो । यसले जनतालाई एकसाथ अघि बढ्ने प्रेरणा दिएको प्रदेश प्रमुख मियाँले बताए।

एकता दौडले विशेष गरी विद्यार्थी तथा युवाहरूलाई नेपाली सेनाको गौरवशाली योगदानबारे बुझ्न र अपनत्व अनुभव गर्न सहज वातावरण प्रदान गरेको उनको भनाइ छ।

नेपाली सेनाको संयमित उपस्थिति र जनतासँगको सहकार्यले समाजलाई पुनः शान्ति मार्गमा फर्काएको प्रदेश प्रमुख मियाँको भनाइ थियो। उनले नेपाली सेनाको अनुशासित उपस्थिति र जनतासँगको सहकार्यले समाजलाई पनः शान्तिपूर्ण मार्गमा फर्काएको उल्लेख गरे।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्की, भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला राना, सरकारी कर्मचारी लगायतको उपस्थिति रहेको थियो।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।