नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ

Friday August 7, 2026

पढ्न लाग्ने समय :


नेपाली सेनामा जागिर लगाइदिने प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–८, कलकत्ता निवासी ३५ वर्षीय हरिश चन्द रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार चन्दले नेपाली सेनामा जागिर लगाइदिने भन्दै एक व्यक्तिबाट दुई लाख ४० हजार रुपैयाँ असुलेर ठगी गरेको आरोप लागेको छ।

इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। हाल चन्दलाई हिरासतमा राखी ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।