नेपाली तीन महिला विषादीसहित भारतीय सीमा सुरक्षा बलको नियन्त्रणमा

Wednesday June 17, 2026

पढ्न लाग्ने समय :


धनगढीः भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको नेपाल–भारत सिमा क्षेत्रबाट अबैध किटनाशक विषादीसहित तीन नेपाली महिलालाई पक्राउ गरेको छ।
भारतको ४९औँ वाहिनी एसएसबी पिलिभित अन्तर्गतको बी कम्पनी बसही र सीमा चौकी आजाद नगरको टोलीले आजादनगरको सीमा स्तम्भ नम्बर ७६८/३८ नजिक भारतीय क्षेत्रबाट करिब १ लाख ३३ हजार ४ सय भारतीय रुपैयाँ बराबरका समानसहित ३ महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कञ्चनपुरको पुर्नवासका रितु तामाङ, सोनिया तामाङ र शान्ति तामाङ रहेका छन्।
उनीहरुको साथबाट विभिन्न प्रकारका कीटनाशक विषादी, १५ किलोग्राम फलामे जाली ९आइरन नेट० तथा तस्करीमा प्रयोग गरिएका तीन वटा मोटरसाइकल बरामद गरिएको एसएसबीले जनाएको छ। मोटरसाइकलसहित बरामद गरिएका सामानको कुल अनुमानित मूल्य ४ लाख १० हजार ५ सय ७० भारतीय रुपैयाँ रहेको बताइएको छ। बरामद सामान नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि थप कारबाहीका लागि सम्पूर्ण सामान तथा मुद्दा एसएसबीले पलिया भन्सार कार्यालयमा बुझाएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।